पोखरा-पर्वत सडक अवरुद्ध

पर्वत, ९ असार । अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लाेकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महाभिरमा सडक माथिबाट ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने र फर्कने सवारी र यात्रु रोकिएका छन् । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सडक खुल्न समय लाग्‍ने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय