लमजुङ केन्द्रविन्दु भएर भूकम्प

 

लमजुङ, ८ असार । लमजुङ केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको राइनास नगरपालिका भलायखर्रक आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखामा महसुस गरिएको थियो । यसअघि गएकाे असार ५ गते बिहान दार्चुलाको खाण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय