बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

काठमाडौं, ७ असार । नबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायत नाम चलेका बैंकको प्रमुख व्यवस्थापन सम्हालेका बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

अब उनले पार्टीको नेताकार्यकर्तालाई प्रशिक्षण दिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसकै दिन शाह पार्टी प्रवेश गरेका हुन् । उनलाई साथमा राखेर पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलन समेत गरेका छन् ।

बैंकर शाह राजनीतिमा जोडिन चाहन्थे तर उनको खोजीको पार्टी नभएको कारण यसअघि उनी कुनैपनी पार्टीमा आवद्ध भएनन् । तर, आर्थिक समृद्धि र विकासको कुरामा उनी पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग निकट थिए ।

यद्यपि बाबुरामले नयाँ शक्ति घोषणा गर्दा पनि शाह पार्टी प्रवेश भने गरेनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय