सुनिल क्षेत्रीको ह्‍याट्रिकमा पाकिस्तानमाथि भारतको जीत

काठमाडौं, ६ असार । आजदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली भारतले सुखद सुरुवात गरेको छ । भारतले पाकिस्तानलाई ४-० गोलअन्तरले हराएको हो ।

भारतको जीतमा कप्तान सुनिल क्षेत्रीले ह्‍याट्रिक गर्दा उदान्ता सिंहले एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो ।

खेलको आठौं मिनेटमा पाकिस्तानका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै सुनिलले गोल गरेका थिए । १५ औं मिनेटमा पेनाल्टीमार्फत सुनिलले गोल गर्दै भारतलाई २-० ले अघि राखे ।

७४औं मिनेटमा सुनिललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भारतले अर्को पेनाल्टी पायो । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै सुनिलले ह्याट्रिक पूरा गरे । ८१औं मिनेटमा उदान्ता सिंहले गोल गर्दै भारतको ४ ० को जीत पक्का गरे ।

यस जीतसँगै ३ अंक जोडेको भारत समूह ए को शीर्ष स्थानमा रहेको छ । भारतले अर्को खेल शनिबार नेपालसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय