मेयरकी शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।

मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन् ।

मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...