खर्बपति विनोद चौधरी ‘अकबरे’ खुर्सानी फलाउँदै

काठमाडौं, ५ असार । विश्वकै धनाढ्यहरुको सुचिमा रहेका नेपालका खर्बपति व्यवसायी एवं नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले अकबरे खुर्सानीको खेती सुरु गरेका छन् । विनोद चौधरी मालिक रहेको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेको हो।

वाइवाइ ब्रान्डको चाउचाउ उत्पादनदेखि होटल र अन्य व्यवसायमा नेपालको सबैभन्दा ठूलो उद्योगपति चौधरी ग्रुपले पिरो चाउचाउमा चाहिने खुर्सानी आफैं उत्पादन गर्न लागेको हो । पछिल्ला वर्षहरुमा पिरो चाउचाउको बजार ह्वात्तै बढेको छ । चौधरीको वाइवाइ नेपालमा मात्रै नभएर विश्वभर लोकप्रिय छ । चौधरी ग्रुपले पिरो चाउचाउ उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

युरिया मलको कारोबार गर्दै आएको सिजी एग्रोले अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको जनाएको छ । केही दिन अघि मात्रै सांसद विनोद चौधरीले पाल्पामा रहेको उक्त अकबरे खुर्सानी खेतीको अबलोक गरेको तस्बीर आफ्नो आधिकारिक सामाजिक सञ्जालमातर्फत् सार्वजनिक गरेका छन् ।

चौधरी ग्रुपले अब पिरो चाउचाउलाई विशेष प्राथमिकताका साथ उत्पादन गर्दैछ, त्यसलाई आवश्यक पर्ने खुर्सानी आफैंले उत्पादन गर्न लागेको हो,’ सिजी एग्रोका कर्मचारी भन्छन्,- ‘हामीलाई बढी भएको खुर्सानी बजारमा पनि बिक्री गर्ने लक्ष्य लिएका छौं।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय