पाँचथरमा बाढीपहिरोमा फसेकाको हेलिकप्टरमार्फत उद्दार

पाँचथर, ४ असार । अविरल वर्षापछि बाढीपहिरोका कारण फसेका पाँचथरका स्थानीयको उद्दार गरिएको छ । आइतबार रातिदेखि फसेका १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्दार गरेको हो ।

पाँचथरको याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई सकुशल उद्दार गरी एक विद्यालयमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय