समाजवादी मोर्चा घोषणा कार्यक्रमको समय सर्यो

काठमाडौं, ४ असार । काठमाडौंमा आज हुन लागेको समाजवदी मोर्चा घोषणा कार्यक्रमको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि कार्यक्रमको समय सरेको हो ।
दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझ्न गएकाले कार्यक्रम केही समय सरेको हो ।
आज अपराह्न राष्ट्रिय सभागृहमा कार्यक्रम गरी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन् ।
मोर्चाको राजनीतिक–सैद्धान्तिक आधार र १५ बुँदे प्रतिबद्धतापत्र पनि तयार भइसकेको छ ।

