पुर्वमा बाढीपहिरोको वितण्डा, १० भन्दा बढी बेपत्ता

पाँचथर, ३ असार । अविरल वर्षाको कारण पुर्वी नेपालका पहाडी भुभागमा आएको बाढी र पहिरोका कारण १० जना भन्दा बढी बेपत्ता भएका छन् ।
वर्षा सुरु भएसंगै पूर्वका इलाम,पाँचथर,ताप्लेजुङ लगायत क्षेत्रमा बाढी पहिरोले वितन्डा मच्चाएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।
यसैगरी पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता भएका छन् भने पक्की र झोलुंगे पुल समेत बगेको छ । उता इलाम र संखुवासभामा पनि धेरै ठाउँमा बाढी पहिरो गएको छ ।
बिहानैदेखि प्रहरी र स्थानीयले उद्दारमा सघाइरहेका छन् । तर लगातारको बर्षाले उद्दारमा समेत समस्या भएको छ ।

