ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो

काठमाडौं, १ असार । काठमाडौंको गुर्जुधारामा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो भने एकजना घाइते छन् ।

चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र.३-०२-००९ प २०१३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते मोटरसाइकलमा पछाडि सवार २० वर्षीया सुमित्रा मोक्तानको उपचारका क्रममा ज्यान गएको हो भने २२ वर्षीय सरद राउतको उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय