विश्वकप छनौटअघिको दोस्रो वार्म-अप खेलमा नेपाल र ओमान खेल्दै

फाइल तस्वीर

काठमाडौं, ३२ जेठ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो वार्म अप खेल खेल्दै छ ।

नेपालले आज ओमानसँग खेल्न लागेको हो । जिम्बावेको हरारेमा‌ हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १‌‌ बजेदेखि सुरु हुने छ ।

यसअघिको वार्म अप खेलमा दुवै टोली पराजित भएका थिए । नेपाल युएईसँग ३ विकेटले पराजित हुँदा ओमान जिम्बावेसँग २८ रनले पराजित भएको थियो ।

विश्वकप छनौटका लागि दुवै टोली फरकफरक समूहमा‌ छन् । आगामी आइतबारदेखि छनौटका खेलहरू सुरु हुने छन् ।

नेपालले पहिलो खेलमा जिम्बावे सँग खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय