अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं, ३१ जेठ । हृदयाघात भएर मङ्गलबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयघात भएको थियो । त्यसपछि मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

अहिले उनको स्वास्थ्य समान्य रहेको र डिस्चार्ज गरिएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...