पत्नीसहित सिङ्गापुर लागे देउवा

काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
उनी मंगलबार मध्यराति पत्नी आरजु राणासहित सिंगापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
हरेक २/२ वर्षमा फलोअपका लागि जानुपर्नेमा यसपटक भने उनी ३ वर्षमा सिंगापुर गएका हुन् ।
उनी एक सातापछि स्वदेश फर्किने छन् ।

