प्रचण्डले बाबुरामलाई फेरि धोका दिँदै छन् ?

काठमाडौं, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखाको आफुले चुनाव जित्दै आएको क्षेत्र छाडेर गुन लगाएका पुर्व प्रधानमन्त्री एवं पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईलाई चुनाव जितेको ६ महिनामै प्रचण्डले पुनः धोका दिएका छन् ।

०७९ मंसिर ४ को निर्वाचन अगाडी प्रचण्ड आफैं बाबुरामको घरमा पुगेर उनको नाति खेलाउने समेत गर्दथे । जसको कारण उनीहरुबिचको सम्बन्ध प्रगाढ बन्दै गएको र चुनाव जितेपछि प्रचण्डले बाबुरामको गुन तिर्छन् भन्ने अनुमान सबैलाई थियो । चुनाव अघिको बाचा पनि त्यस्तै थियो ।

तर, चुनाव जितेर आउने बित्तिकैदेखि प्रचण्डले बाबुरामको वास्ता गर्न छाडिदिए। त्यसो त प्रचण्ड एक्कासी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिए । फलस्वरूप ओलीकै प्रस्तावमा १० पुस ०७९ मा प्रचण्ड  प्रधानमन्त्री नियुक्त भए। तर, दुई महिना भित्रै प्रचण्डले ओलीलाइ पनि धोका दिएर काङ्ग्रेससंग गठबन्धन गर्न पुगे।

प्रचण्डको यो अस्थिर राजनीतिक चरीत्र नियालिरहेका बाबुरामले प्रचण्ड माथी आइलाग्ने हरेक समस्याको प्रतिवाद गर्दै रहे। यतिसम्मकि प्रचण्ड माथी अदालत, एमाले र अन्तर्राष्ट्रिय जगत नै जाइलाग्दा पनि बाबुरामले बचाउ गर्दै आए । त्यसमा बाबुराम चाहन्थे प्रचण्डलाई माओवादी धङधङीबाट बाहिर निकालेर समाजवादी मोर्चाको कमान्डर बनाउने ।

बाबुरामले यो प्रयत्न गरिरहदा प्रचण्ड भने काङ्ग्रेस, रास्वपा, राप्रपा जस्ता विचार र भावना नमिल्नेहरुसंग नजिक हुँदै बाबुरामदेखि टाढा हुन चाहिरहे । पछिल्लो समय बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेत समाजवादी मोर्चामा मिलाउन तयार बाबुरामलाई प्रचण्डले खासै महत्त्व दिन छाडे । पुर्व माओवादी घटकहरु एक हुनुपर्ने भन्दै माओवादीले उपाध्यक्ष कृष्ण बहादुर महराको नेतृत्वमा बार्ता कमिटी बनाएर एकताको कुरा अगाडी बढायो।

यहाँ सम्म बाबुरामको जोड माओवादी नाम छाडेर समाजवादी राखेर अघि बढ्न सहज हुने नै थियो । प्रचण्डले पनि पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने कुरा आफैंले बोल्न थाले र पार्टी नेताहरूलाई पनि बोल्न लगाए ।

तर, आजको दिनसम्म आइपुग्दा प्रचण्डले यथास्थितिवादी र पुरानै धङधङी नछाड्ने बरु बाबुराम बाहेकको माओवादी धारका बिचमा एकता गर्ने भन्न थाले । यहि बिचमा उनले नेत्र बिक्रम चन्द विप्लवलाई पार्टीमा महासचिव बनाएर ल्याउने तयारी थालेको देखियो। यसको पुष्टि वार्ता संयोजक रहेका महराले नै गरेका छन् । उनले विप्लवसँग सहकार्य र एकता हुन लागेको तर बाबुराम संग तत्काल नहुने संकेत गरेका छन् ।

यसरी हेर्दा जनयुद्ध सुरु गर्नु अगाडी, जनयुद्धको समयमा र शान्ति प्रक्रियामा आउँदा समेत पटक पटक प्रचण्डबाट बाबुरामले नै धोका पाउँदै आएका छन् । यसपटक पनि समाजवादी केन्द्रको कुरा गर्ने तर माओवादी धङधङी नछाड्ने प्रचण्ड प्रवृत्तिले बाबुरामलाई धोका हुने राजनीतिक टिप्पणी शुरु भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय