आमालाई गाली गरेको भन्दै भाइद्वारा दाईको हत्या

काठमाडौं, ३० जेठ । काठमाडौंको ओमबहालमा घरायसी विवादका बीच भाइले आफ्नै दाईको हत्या गरेका छन् ।
सोमबार राति करिब १२ बजेको समयमा काठमाडौं-२३ ओमबहालको माथेमा चोकमा भाइले हथौडा प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
आमालाई गाली गरेको भन्दै २५ वर्षीय सुरज शाक्यले हथौडा प्रहार गरी ४५ वर्षीय दाजु सूर्य शाक्यको हत्या गरेका हुन् ।
प्रहरिका अनुसार दाजुभाइबीच पहिलेपहिले पनि झगडा हुने गरेको र हिजो पनि बुढी आमालाई गाली गरेपछि विवाद हुँदा रिसको झोंकमा हथौडा प्रहार गरेका थिए ।
घटनापछि भागेका सुरजलाई प्रहरीले काठमाडौंको सिगलबाट आज विहान पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ।

