महिला इमर्जिङ एसिया कप: नेपाल पाकिस्तान ‘ए’ सँग पराजित

काठमाडौं, ३० जेठ ।  हङकङमा जारी एसिसी महिला इमर्जिङ टिम्स एसिया कपअन्तर्गत मङ्गलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाली महिला टोलीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि कबिता कुँवरले सर्वाधिक २० रन बनाइन् भने कविता जोशीले १५ रन बनाइन् ।

पाकिस्तानकी साइदा आरुबले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् भने तुबा हसनले ४ ओभरमा २३ रन दिएर २ विकेट लिइन् । त्यसैगरि अनोशा नासिर र उमए हानीले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शवाल जुलफिकरले सर्वाधिक २८ रन बनाइन् भने कप्तान फातिमा सानाले १६ रन बनाइन् ।

नेपालकी इन्दु बर्माले ३ ओभरमा ६ रन मात्र दिएर ३ विकेट लिइन् भने कविता कुँवरले ३.२ ओभरमा १२ रन दिएर २ विकेट लिँदा सीता रानामगरले पनि २ विकेट लिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय