महिला इमर्जिङ एसिया कप: पाकिस्तानद्वारा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं, ३० जेठ । हङकङमा जारी एसिसी महिला इमर्जिङ टिम्स एसिया कपमा अहिले नेपाल र पाकिस्तान ‘ए’ खेल्दै छन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शवाल जुलफिकरले सर्वाधिक २८ रन बनाइन् भने कप्तान फातिमा सानाले १६ रन बनाइन् ।

नेपालकी इन्दु बर्माले ३ ओभरमा ६ रन मात्र दिएर ३ विकेट लिइन् भने कविता कुँवरले ३.२ ओभरमा १२ रन दिएर २ विकेट लिँदा सीता रानामगरले पनि २ विकेट लिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय