समाजवादी मोर्चा निर्माणमा बाबुरामको जोड
काठमाडौ । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले समाजवादी केन्द्र / ध्रुव निर्माणको लागि समाजवाद केन्द्रित कार्यक्रम अगाडी सारेको छ।
पार्टीको दुई दिनसम्म काठमाडौमा बसेको केन्द्रिय समिति बैठकले माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफपछि निर्णय गर्ने समेत बताएको छ ।यसैगरी पार्टीले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पार्टी प्रचार बिभाग प्रमुख बिश्वदिप पाण्डेले जानकारी दिए।
बैठकले अध्यक्ष डा.भट्टराई र सहअध्यक्ष गङ्गा नारायण श्रेष्ठले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको छ । माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने पनि बैठकले निर्णय गरेको पाण्डेले बताए ।

