
आइतबार स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । आइतबार विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।


आइतबार बैठक सुरु हुनेबित्तिकै एमाले लगायतका प्रतिपक्षी दलहरूले विरोध गर्दै बैठक अवरुद्ध पारेका थिए । एक घण्टाका लागि स्थगित गरिएको भएपनि त्यसपछि पनि बैठक सुरु हुन सकेको थिएन ।

आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्नेछन् ।
गएको जेठ १५ मा प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा आइतबार विषयमा प्रवेश गर्नै सकिएको थिएन ।
Comments

