आज विश्‍व वातावरण दिवस, विभिन्‍न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २२ जेठ । आज जून ५ अर्थात् विश्‍व वातावरण दिवस, नेपालमा पनि विभिन्‍न कार्यक्रमहरु गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइँदै आएको छ ।

नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जसमध्ये ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुने बताइन्छ ।

यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय