प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ ।

सुरुमा एक घण्टाका लागि मात्र स्थगित भएको संसद बैठक सुचारु हुन नसकेपछि सोमबारका लागि सरेको हो । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको छ ।

आइतबारको बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि अन्ततः स्थगित भएको हो ।

यसैकारण आइतबारको कार्यसूचीमा रहेको बजेटमाथिको छलफल नै हुन सकेन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय