तराईमा ‘लु’को खतरा बढेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ जेठ । पछिल्ला दिनहरुमा अधिकतम तापक्रम बढ्नुका साथै अत्याधिक गर्मी बढेकाले ‘लु’को खतरा बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सुझाव दिएको छ ।

मौसमविदका अनुसार तराईका जिल्लाहरुमा तापक्रम ४० डिग्रीभन्दा माथिसम्म पुगेको र यसले आगामी केही दिन तातो हावा अर्थात् ‘लु’ चल्ने खतरा बढेको छ । त्यसै कारण पनि सतर्क रहन आग्रह गरिएको छ ।

गर्मी बढेका बेला सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरिएको छ । गर्मी बढेपछि अधिकांश स्थानहरुमा विद्यालयहरुमा बिदा पनि दिइएको छ । विशेषगरी बालबालिका, दीर्घरोगी र वृद्धवृद्धा जोगिन जरुरी छ ।

केही दिनयता काठमाडौंमा पनि गर्मी बढेको छ । काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्रीसम्म पुगेको छ । अझै १-२ दिन वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय