
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
काठमाडौं, २० जेठ । चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदै छन् । जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड भेटघाट तथा सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।


उनी अपरान्ह ४ २० बजे नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने छन् । त्यसअघि उनले इन्दोरका विभिन्न आर्थिक क्षेत्रको भ्रमण गर्ने छन् । उनी शुक्रबार इन्दोर पुगेका थिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् । भारतसँग केही सम्झौताहरु पनि भएका छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।
यो पनि पढ्नुहोस्:
नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट लगायतका सात सम्झौतामा हस्ताक्षर
झापामा पनि पेट्रोलियम डिपो बनाइने, हालको पाइपलाइन लोथरसम्म विस्तार गरिने
Comments

