प्रचण्डले गरे महाकालेश्‍वरमा पूजाआजा

काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्‍वर मन्दिरमा पूजाआजा गरेका छन् ।

शुक्रबार दिउँसो दिल्लीबाट इन्दोर पुगी उज्जैन गएका उनीसहित भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि पूजाआजामा सहभागी थिए ।

इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय