व्यक्ति बदलिए काँग्रेस बदलिन्छ, काँग्रेस बदलिए देश: महामन्त्री थापा

काठमाडौं, १९ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले व्यक्ति बदलिएमात्रै काँग्रेस बदलिने बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टी बदलिनका लागि पार्टीभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा काँग्रेसलाई स्थापित गर्न सकेमात्र काँग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उनले भने । पार्टीभित्र विश्वास फर्काउन काँग्रेस बदलिनुपर्नेमा उनले जोड दिए ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको काँग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबी समेत गरे ।

टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताउँदै उनले काँग्रेस बदलिए देशकै परिस्थिति बदलिने अभिव्यक्ति दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय