चक्कु प्रहार गरी प्रेमिका र काकाको हत्या

कपिलवस्तु, १८ जेठ । कपिलवस्तुमा एक युवाले आफ्नी प्रेमिका र प्रेमिकाको काकाको हत्या गरेका छन् । विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै २२ वर्षीय मोहन थारुले चक्कु प्रहार गरी दुईको हत्या गरेका हुन् ।

रुपन्देहीको कञ्‍चन गाउँपालिकाका मोहन र कपिलवस्तुको मटेरियाका १८ वर्षीया अञ्जली थारु प्रेम सम्बन्धमा रहेको र केही समयअगाडि मोहनले विवाहको प्रस्ताव राख्दा अञ्‍जलीले आलटाल गरेकी थिइन् ।

यही विषयमा विवाद पनि बढ्दै गएको र पछिल्लो समय आफुलाई बेवास्ता गर्दै गएको भन्दै रिसको झोंकमा शरीरका विभिन्‍न भागमा चक्कु प्रहार गरी सख्त घाइते बनाएका थिए ।

अञ्‍जलीलाई जोगाउन खोजेका उनका काका ७० वर्षीय बमबहादुर थारुलाई पनि चक्कु प्रहार गरेपछि उनी पनि गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल पुर्‍याइएपछि दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले मोहनलाई घेराबन्दीमा राखेर प्रहरीलाई खबर गरेपछि उनी घटनास्थलबाटै पक्राउ परेका थिए । यसबारेमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय