रास्वपा सभापति लामिछाने पनि भारत भ्रमणमा

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन् । उनी बुधबार भारत भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन लामिछाने भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएपनि यो संयोग मात्र रहेको रास्वपाले जनाएको छ ।

स्रोतका अनुसार लामिछाने पत्‍नी निकितासँगै व्यक्तिगत कामले भारत गएका हुन् । आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

रवि एक सातापछि स्वेदश फर्किने पनि जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय