प्रधानमन्त्री भारतमा, भेटघाटमा व्यस्त
साँझ नेपाली दूतावासमा रात्रीभोज
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणको लागि आज भारत पुगेका छन् ।
दिउँसो नेपाल वायुसेवा निगमको जहाजबाट प्रचण्ड सहितको भ्रमण टोली दिल्ली पुगेको हो । उनलाई भारतका राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।
भारत पुगेका प्रधानमन्त्री भेटघाटमा ब्यस्त छन् । आजै राती प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई दिल्ली स्थित नेपाली दूतावासले रात्रिभोजको आयोजना गरेको छ।
भोलि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री दाहाल बीच भेटवार्ता हुनेछ। सो भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरिनेछ।
प्रधानमन्त्रीको भ्रमण दलमा नेपाल सरकारका ५ जना मन्त्री समेत सहभागी छन् । भ्रमण सकेर २० जेठमा प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम छ।




