प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदी बिहिवार भेट्ने
होटल आइटीसी मौर्यमा बस्ने ब्यबस्था
काठमाडौं, १६ जेठ । बुधबारदेखि छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिहीबार दिल्लीको हैदरावाद हाउसमा भेट्वार्ता गर्ने भएका छन् ।
दुबै देशका प्रधानमन्त्रीबीच विहान ११ बजे दुई पक्षीय भेटवार्ता हुने भारतीय पक्षले जानकारी दिएको छ।प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
बुधबार दिउँसो १२:५५ बजे नेपाल एयरलाइन्सको जहाजबाट उनी नयाँ दिल्ली प्रस्थान गर्ने र इन्दिरागान्धी बिमानस्थलमा अवतरण गर्नेछन्।
बिहिवार बिहान भारतीय प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री प्रचण्ड भ्रमण दलका लागि बस्न तय गरिएको होटल आइटीसी मौर्यमा बस्ने जनाइएको छ। बुधबार नै प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

