रेशम चौधरी जेलबाट रिहा

काठमाडौं, १५ जेठ । टीकापुर घटनाको मुख्य अभियुक्तको रुपमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी रिहा भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई भेट्न पार्टी अध्यक्ष एवम् चौधरीकी श्रीम‍ति रन्जिता श्रेष्ठ, एलिजा गौतमलगायत पुगेका थिए ।

चौधरीले आममाफी पाएको विषयदेखि नै यस बारेमा चौतर्फी विरोध भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय