आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं, १५ जेठ । आज जेठ १५ अर्थात् गणतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय