जलहरीको विषयमा ओलीलाई जोड्नु उचित नभएको प्रचण्डको स्पष्टिकरण

 

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसँग सम्बन्धित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।

शुक्रबार स्थगित भएर शनिबार अपरान्ह सुरु भएको संसद बैठकमा समय लिएर बोल्दै प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको भएको बताए ।

शुक्रबार माओवादी सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा पशुपतिको जलहरी राख्दा अनियमितता भएकोलगायतका अन्य आरोपसहित दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो ।

जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै प्रचण्डले यसमा सरकारको सहयोग रहने समेत बताए ।

उनले भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय