प्रधानमन्त्रीसँग भारत भ्रमणमा छोरी गंगा पनि जाने

काठमाडौं, १३ जेठ । आगामी जेठ १७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छोरी गंगा दाहाल पनि जाने भएकी छन् ।
परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका थिए । दाहालको भ्रमण चार दिने हुने छ ।
भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिइएको छ ।
उनकी छोरी गंगा दाहाल पनि भ्रमणमा सँगै जान लागेको जनाइएको छ ।

