रेशम चौधरीलाई सजाय माफीको तयारी

राष्ट्रपति कार्यालयमा फाइल पठाइयो

काठमाडौं ,११ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सजाय माफी दिएर जेलमुक्त गर्ने तयारी भएको छ।

टीकापुर घट्नामा दोषि रहेको भनेर डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रहेका चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पठाईएको स्रोतले बताएको छ ।

संविधान सभाबाट संविधान बन्ने तयारी भैरहदा २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एक बालक सहित ८ प्रहरीको हत्या भएको थियो। सोही घटनामा संलग्न भएको भन्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।

चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको र त्यसैका लागी राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी फाइल पुगेको स्रोतले दाबी गरेको छ।

२० वटा फाइल समेटिएको सजाय माफीको तयारी फाइल अध्ययन गर्न बाँकी रहेको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ।मक्ष जाहेर गरिने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय