विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं, ९ जेठ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।


अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ भने बाँकी भूभागमा पनि बदलीको अवस्था छ ।
आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । त्यसैगरी राति देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
Comments
