नाउपाले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं, ५ जेठ । नागरिक उन्मुक्ति पार्टीले शनिबारदेखि गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
विज्ञप्ति:


