बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा, २८ वैशाख । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने सिलसिला रोकिएको छैन । यसैबीचमा आज विहान बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

