पलको मायाले जुनसुकै आलोचना सहन बाध्य थिए : समिक्षा अधिकारी

काठमाडौ,२५ बैशाख । गायिका समीक्षा अधिकारीले पल साहको बारेमा नराम्रो सुन्नै नसक्ने र अहिलेपनि उसैको माया बढी लाग्ने बताएकी छन् ।
हालै दिएको प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’मा कुरा गर्दै उनले नायक पल शाह प्रति अझै माया रहेको खुलासा गरेकी हुन् । उनले अन्य पात्रको दवाबमा आफुले मुद्दा हालेको र त्यसले त्यति ठूलो रुप लिन्छ भन्ने समेत नसोचेको बताएकी छन् ।
आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी समीक्षाले अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएकी थिइन् । ‘माया गरेको मान्छे हो । माया लागेरै बयान फेरेँ’ उनले भनेकी छिन।

समिक्षाले त्यो कुराकानीमा पल जेलमा रहदा भेट्न गएको पनि स्वीकारेकी छिन् । टेलिभिजन अन्तरबार्ता पछि आफ्नो फेसबुक पेजमा सेयर गर्दै उनले सत्य के हो भनेर आफूलाई नसोधी कथाहरूमात्र बनाइएको भन्दै रोष प्रकट पनि गरेकी छिन् ।
उनले जे भोगियो त्यो आफूलाई मात्र थाहा भएको र नजिकका साथी भनिएकाले दिएको धोकाको समेत चर्चा गरेकी छिन् ।’यो घटनासँग म एक्लै लडेको, एक्लै रोएको र एक्लै कराएको छु’ -उनले भनेकी छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय