बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा, २१ वैशाख । सुदुरपश्चिमको जिल्ला बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि वैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
केही समययता सुदुरपश्चिमका जिल्लाहरुमा साना भूकम्पहरु गइरहेका छन् ।

