तनहुँ दुर्घटना अपडेट: उपचारका क्रममा तीनजनाकाे मृत्यु

तस्विरः डिपी अधिकारी, तनहुँ

तनहुँ, २० वैशाख । तनहुँमा बुधबार विहान ट्रक घरमा ठाेक्किँदा घाइते भएकाहरुमध्ये तीनजनाकाे ज्यान गएकाे छ भने अन्य पाँचजना घाइते छन् ।

पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई  तनहुँकाे बन्दिपुर ५ आँधिखोलास्थित एक घरमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा ८ जना घाइते भएका थिए भने सबैलाई उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा ताेडफाेड गर्नुका साथै राजमार्ग समेत अवरुद्ध गरेका थिए । राजमार्ग भने अहिले सञ्चालनमा ल्याइएकाे छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय