तनहुँकाे एक घरमा ट्रक ठाेक्किँदा १० घाइते

तनहुँ, २० वैशाख । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे बन्दीपुर गाउँपालिका– ५, याम्पास्थित एक घरमा ट्रक ठाेक्किँदा दसजना घाइते भएका छन् ।
राजमार्गकाे डुम्रे-आँबुखैरेनी सडकखण्डमा ना ४ ख १९७३ नम्बरकाे ट्रक ठाेक्किँदा घर नै भत्किएकाे छ भने १० घाइतेमध्ये ५ जनाकाे अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार अहिले राजमार्ग अवरुद्ध छ भने यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।



तस्विरहरुः डिपी अधिकारी, तनहुँ

