मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १५ वैशाख । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले  सुदुरपश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आंशिक बदली रहि बाँकि भु-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ।

त्यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...