धनराजले भने- हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?

काठमाडाैं, १२ वैशाख । नेपाली काँग्रेसका सांसद धनराज गुरूङले बाँदर निर्यात गर्ने बारेमा संसदमा कुरा उठाएका छन् । मङ्लबारकाे संसद बैठकमा उनले श्रीलङ्काको उदाहरण दिँदै बाँदर निर्यात गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘हाम्रा गाउँ-गाउँमा बाँदरकाे आतंक छ । किसानले लगाएको बाली टिप्ने बेला सधैं बाँदरको हुलले लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’
उनले बाँदर आतंक अन्त्य गर्नुपर्ने बताउँदै बाँदर निर्यात गर्दा ठिकै हुने धारणा राखे ।

