नगरपालिकाको जिपले ठक्कर दिँदा बालकको ज्यान गयो
नवलपुर, ११ वैशाख । नवलपुरको मध्यविन्दुमा जिपको ठक्करबाट ४ वर्षीय बालकको ज्यान गएको छ ।


आइतबार अपरान्ह मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको सरकारी जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त दुर्घटना भएको थियो ।
दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।
Comments
