विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ

बाँके, २ वैशाख । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ ।
शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।

