राजनीतिक स्थिरता र समुन्नत नेपाल निर्माण गर्न सबै जुटौं: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्,‘आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता हामी सबैको हो । तर, केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनु पर्दछ ।

सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्‌भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं ।

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय