थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २५ चैत । पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन् ।
Comments
