प्लेअफबाट युएई र अमेरिका विश्‍वकप छनौटमा प्रवेश

काठमाडौं, २३ चैत । युएई र अमेरिका आइसिसी एकदिवसीय विश्‍वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रवेश गरेका छन् । नामिबियामा सम्पन्‍न छनौट प्लेअफमा शीर्ष दुई स्थानमा रहँदै यी दुई टोली विश्‍वकप छनौटमा पुगेका हुन् ।

युएईले बुधबार भएको खेलमा जर्सीलाई हराएको छ यद्यपि युएई त्यसअघि नै छनौट हुने पक्कापक्की भइसकेको थियो । अमेरिकाले पनि मङ्गलबार जर्सीलाई नै हराएपछि छनौटमा स्थान पक्का गरेको थियो ।

सुपर लिगका पुछारका पाँच टोलीमध्ये वेस्ट इन्डिज, श्रीलंका, जिम्बाबे, नेदरल्यान्ड्स विश्‍वकप छनौटमा आएका छन् भने विश्‍वकप लिग २ बाट शीर्ष तीन टोली स्कटल्यान्ड ओमान र नेपाल प्रवेश गरेका छन् ।

त्यसैगरी छनौटको प्लेअफबाट युएई र अमेरिका पनि आएसँगै छनौट प्रतियोगिता खेल्ने ९ टोलीको टुङ्गो लागेको छ भने अब आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीको टुङ्गो लाग्‍न बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय