खानेपानी मन्त्री खानले दिए राजीनामा

काठमाडाैं, १७ चैत । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा मागेबमाेजिम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय