एसइई परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ । विहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एसइई परीक्षा सुरु हुने छ ।
परीक्षाको सबै तयारी सकिसकिएको र आजदेखि सौहार्दपूर्ण वातावरणमा परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । आजै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ ।
चैत २६ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ भने ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

